प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
माघ २०७९
लागुऔषध सहित मानिस पक्राउ
२०७९-१०-२९

कैलाली- मिति २०७९।१०।२८ गते कैललीका बिभन्न स्थानवाट लागुऔषध सहित ४ जना मानिस पक्राउ गरेको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेत कैलालीवाट खटिएको संयुक्त प्रहरी टोलीले ४ किलो चरेश सहित  जिल्ला बझाङ बुङ्गल न.पा.२ घर भई हाल जिल्ला कैलाली गोदावरी न.पा.४ गौरीगडा बस्ने बर्ष ६२ को गगने धामी लाई ऐ.४ बेल्पानी स्थित चेक जाँचको क्रममा पक्राउ गरेको ।यसै गरि ईलाका प्रहरी कार्यालय मालाखेती कैलाली वाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी न.पा. १ बाँसबारि स्थित पुस्पराज पुनमगरको घरमा डेरा गरी बस्ने ऐ. चुरे गा.पा. ३ बस्ने बर्ष २३ कि निर्मला कुमारी रावत र ऐ. गोदावरी नगरपालीका वडा नं. १ वस्ने वर्ष २४ को राजन हमालको साथ बाट ४ ग्राम ५०० मिली ग्राम लागु औषध खैरोहेरोईन सहित फेला पारी निजलाई समेत पक्राउ साथै ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नं. १ वस्ने वर्ष २५ को डायमण्ड विक्रम शाह शंका लागी चेक जाँच गर्ने क्रममा निजकोसाथ बाट लागु औषधखैरो हेरोईन १०० मिलिग्राम फेला पारी निजलाई समेत पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।  

लागुऔषध सहित मानिस पक्राउ
२०७९-१०-२७

कैलाली- मिति २०७९।१०।२६ गते कैलालीका बिभन्न स्थानहरुवाट चेक जाँचको क्रममा लागुऔषध खैरोहेरोईन सहित १४ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाँचको क्रममा जिल्ला कैलाली गोदावरी नगरपालीका वडा नं. ४ स्थित घर कोठावाट ऐ. ६ बस्ने वर्ष २५ को गोपाल चौधरी समेतका ६ जना मानिसहरुलाई ४ ग्राम १२० मिलि ग्राम लागुऔषध खैरोहेरोईन सहित पक्राउ गरेको हो । ऐ टिकापुर न पा १ स्थित  चेक जाँच गर्दा  जिल्ला कैलाली जानकी गाउँपालिका वडा नं. बस्ने बर्ष १९ को सागर काफ्लेले चलाएको प्रदेश ३ -०२ ००६ प ६४१२ नं.को मो.सा. शंका लागी चेक जाँच गर्ने क्रममा मो.सा.पछाडी सवार ऐ.लम्की चुहा नगरपालीका १ बस्ने बर्ष १९ को लोकेश शाहीले लगाएको ज्याकेटको खल्तिमा लुकाई छिपाई राखेको १ ग्राम ६३० मिलि ग्राम लागुऔषध खैरोहेरोईन सहित पक्राउ गरेको हो । जिल्ला कैलाली धनगढी उपमहानगरपालिका १० घुईयाघाट स्थित गस्तिमा खटिएको प्रहरी टोलिले ऐ.ऐ. ६ बस्ने वर्ष २० को रामभजन रानाले चलाएको प्रदेश नं.०३०२-००१ प ११४४ नं. को मो.सा. लाई शंका लागी रोकी चेक जाँच गर्दा सोही मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २४ को प्रकाश रानाको पाईन्टको गोजी बाट १०० मिलि ग्राम लाऔषध खैरोहेरोईन र सोही स्थानमा जिल्ला कैलाली धनगढी उपमहानगरपालिका ०७ बस्ने बर्ष १८ को कमल रानाले चलाएको सु.प.प्र.१-१०प ४३९१ नं. को मो. सा चेकजाँच गर्ने क्रममा मो.सा. पछाडी सवार जिल्ला कैलाली गोदावरी न.पा. ५ बस्ने बर्ष १८ की प्रिन्स भट्टको साथ बाट ५०० मिलि ग्राम लागुऔषध खैरोहेरोईन सहित दुवै जनालाई पक्राउ गरेको हो । यसै गरि जिल्ला कैलाली धनगढी उपमहानगरपालिका १३ राजपुर चोक स्थित चालक जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ११ बस्ने बर्ष २६ को किरण जोशीले चलाएको सु.प.प्र. ०१००९ प २४०१ नम्बरको मो.सा.  चेक जाँच  गर्ने क्रममा निजको साथबाट ७ मिलि ग्राम  लागुऔषध खैरोहेरोईन सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०७९-१०-२७

कञ्चनपुर:- मिति २०७९।१०।२६ गते दिउसोको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरवाट खटिएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय वेलौरीवाट खटिएको प्रहरी टोलीले कञ्चपुर जिल्लाको छुट्टा छुटै स्थानवाट १६० के जी माछा बरामद गरी आश्यक कारवाही भईरहेको । यसै गरि ईलाका प्रहरी कार्यालय गड्डा चौकी कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले भन्सार छलि गरि ल्याएको अन्दाजी रु. ६०६८०।- बराबरको कम्वल र कपडा बरमाद गरि ल्याई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाईएको ।  कैलाली:- मिति २०७९।१०।२७ विहानको समयमा प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर कैलालीवाट खटिएको प्रहरी टोलीले  सुर्ती, सुपारी, विडी लगायतको अन्दाजी १२०००।– बराबरको भन्सार छलिका सामान बरामद गरेको हो ।

लागुऔषध सहित ३ जना मानिस पक्राउ
२०७९-१०-२६

कैलाली-  मिति २०७९/१०/२५ गते बेलुका जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालीका वडा न. ८ स्थित ऐ वस्ने वर्ष २२ को सिरु राना र ऐ.ऐ वस्ने वर्ष १७ को हिमाल रानालाई शंका लागी चेक जाँच गर्दा ९ ग्राम ४५० मिलि ग्राम लागुऔषध ब्राउन सुगर (खैरोहेरोई) सहित दुवै जनालाई प्रहरी पक्राउ गरेको हो । यसैगरि बुधवार वेलुकी ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीवाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली टिकापुर नगरपालीका वडा न १ वजार स्थित ऐ.ऐ. वस्ने वर्ष १९ को प्रमोद बराललाई शंका लागी चेक जाँच गर्ने क्रममा निजको साथवाट ३४० मिलि ग्राम लागुऔषध (खैरो हेरोईन) सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।

“लागु औषध बिरुद्वको महाअभियान-२०७९”सञ्चालन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम:-
२०७९-१०-२५

आज मिति २०७९।१०।२५ गतेको दिउसो १३:१० बजेको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय  धनगढीको आयोजनामा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा न.१ स्थित धनगढी उप-महानगरपालिकाको सभाहलमा धनगढी उप-महानगरपालिकाका नगर प्रमुख श्री गोपाल हमालज्युको अध्यक्षतामा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अशोक सिंहज्यु, स्थानिय तह (कैलाली र कञ्चनपुर) प्रमुखहरुको सहभागितामा “लागु औषध बिरुद्वको महाअभियान २०७९” सञ्चालन तथा पुनर्स्थापना गृहको सञ्चालन सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम शुरु भएको । उक्त कार्यक्रममा धनगढी उप-महानगरपालिकाका उप-प्रमुख,कैलाली-कञ्चनपुर जिल्लाका स्थानिय तहका प्रमुख,जिल्ला प्रहरी कार्यालय कैलाली,कञ्चनपुरका प्रहरी प्रमुखहरुको  सहभागिता रहेको थियो । 

छलफल तथा अन्तरक्रिया कार्यक्रम
२०७९-१०-२५

आज मिति २०७९।१०।२५ गतेको बिहान जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा न.१ स्थित उद्योग बाणिज्य संघको सभा हलमा यस सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अशोक सिंहज्युको संयोजकत्वमा मनोदिपक औषधीको ब्यबस्थापन सम्बन्धि सरोकारवाला निकायहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम-२०७९ शुरु भएको थियो । उक्त कार्यक्रममा धनगढी उप-महानगरपालिकाका नगर प्रमुख, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, उद्योग बाणिज्य संघका पदाधिकारीहरु,फार्मेसी/औषधि ब्यवसायी, संघ संस्थाका प्रतिनिधिहरु, समाजका भद्र-भलादमी पत्रकार तथा अन्य सरोकारवाला निकायहरुको उपस्थितिमा लागु औषधको रुपमा समेत प्रयोग हुने औषधी जन्य पदार्थको वेचविखन गर्दा चिकित्सकको सिफारिसलाई अनिवार्य गर्ने । सरोकारवाला सवै निकाय संघ संस्थाले आ-आफ्नो दायित्व बहन गरि अनुगमन, निरिक्षण लगायतका कार्यहरुलाई निरन्तरता दिने, साथै जिल्ला सुरक्षा  समितिले विशेष पहल कदमी लिई मनोदिपक पदार्थहरुको विक्री वितरण नियमन गर्ने तर्फ अग्रसरता लिने । कानून बमोजिम अधिकार प्राप्त स्वास्थ्यकर्मी बाहेक अन्य व्यक्तिहरुले मेडिकल सञ्चालन, औषधी बेचविखन लगायतका कार्यहरु नगर्ने/नगराउने निर्णयहरु गर्नुका साथै “लागु औषध बिरुद्वको महाअभियान २०७९” लाई सहज रूपमा सञ्चालन गर्ने सम्बन्धी समेत छलफल गरिएको थियो ।   

लागु औषध सहित मानिस पक्राउ
२०७९-१०-२५

कञ्चनपुर- मिति २०७९।१०।२४ गतेको साझतिर कञ्चनपुर जिल्लाको बिभिन्न स्थानवाट लागुऔषधसहित ५ जना मानिसलाई प्रहरीले पक्राउ गरेको हो । बेलौरी नपा६ बैशाखा स्थित नेपाल भारत सिमा ईलाकामा ईलाका प्रहरी कार्यालय वेलौरीवाट खटीएको प्रहरी टोलीले चेक जाँचको क्रममा जिल्ला कैलाली जोशीपुर गापा६ सिम्री बस्ने  बर्ष २३ को पारस कठरियाले चलाएको सु.प.प्र.०१-०११ प ७१४६ नम्बरको स्कुटीपछाडी सवारऐ. २ मुद्दी बस्ने बर्ष २३ को दिनेश रावतसमेतलाई शंका लागीचेकजाँच गर्दा सोही स्कुटीको मोडगार्ड भित्र कालो रङ्गको प्लाष्टिकको थैलीमा १ पोका ०.८३ मिली ग्राम लागु औषध (खैरो हेरोईन)  फेला पारी लागु औषध,स्कुटीर दुबै जना लाईपक्राउ गरेको हो । यसै गरी भिमदत्त न.पा. ४ कोव्रा डान्स बार नजिकै सडक खण्डमा व.प्र.का. महेन्द्रनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा ऐ. ३ भाँसी बस्ने बर्ष १९ प्रवेश थापा मगरले चलाएको म. २ प. १८६६ नं. को मो.सा. लाई चेकजाँच गर्ने क्रममा सोही मो.सा. पछाडी सवार जिल्ला दार्चुला शैल्यशिखर न.पा. ३ घर भई हाल ऐ. भिमदत्त न.पा. ३ ऐठपुर कोठा गरी बस्ने बर्ष २९ को राम सिंह धामीको साथबाट Diazepam injection २० वटा, Buprenorphine Injection २० वटा, PromephazineHydrochlOride Injection २० वटा गरी जम्मा ६० वटा पिस र Nitraje Pam Tablet १० वटा फेला पारी ऐ. मो.सा. पछाडी सवार ऐ. भिमदत्त न.पा. ४ वस्ने बर्ष १८ को अनुराग टोके समेतलाई प्रहरीले पक्राउ गरेको हो । सो सम्म्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । कैलाली:- यसै गरी मिति २०७९/१०/२४ गतेको रातीटीकापुर नपा २ मुलपानी स्थित सडक खण्डमा Ontestमो.सा.दुर्घटना भएको भन्ने खबर जानकारी हुना साथ ईलाका प्रहरी कार्यालय टिकापरवाट खटिगएको प्रहरी टोलीसो स्थानमा पुग्दा जिल्ला कैलाली टीकापुर नपा५ नुक्कलीपुर बस्ने बर्ष २३ को साजन चौधरी लाई फेला पारी निजकोशरिर खानतलासी गर्दा निजले लगाएको जकेटको भित्री गोजीवाट ६७० मिलि ग्राम लागुऔषध खैरो हिरोईनसहित मोसा रमानिसलाई पक्राउ गरेको हो । यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैंध भन्सार छलीका सामानहरु बरामद
२०७९-१०-२४

कैलाली-मिति २०७९।१०।२४ गतेको बिहान प्रहरी चौकी त्रिनगरबाट खटिई गएको प्रहरी टोलीले  जि.कैलाली धनगढी उमनपा-२भन्सार स्थित भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी रु.६,५००/- बराबरको कपडा बेवारिसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको हो ।कञ्चनपुर-यसैगरी मिति २०७९।१०।२४ गतेको दिउसो ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिई गएको प्रहरी टोलीले सिमानाका स्थित गस्ति गर्ने क्रममा जिल्ला कंचनपुर,बेलौरी न.पा६ बैजुडाडा स्थित गन्ना बारीमाभन्सार छली गरि ल्याएका अन्दाजी रु.२९,२००।–बराबरकाकपडा,पापड,कुरकुरे,साउण्ड बक्स,ग्याँस पाईप लगायतका सामानहरु बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागी प्रहरीले कैलाली भन्सार कार्यालय पठाएको छ ।

अबैंध भन्सार छलिका सामानहरु सहित मानिस पक्राउ
२०७९-१०-२४

 कैलाली:-मिति २०७९।१०।२३ गतेको साँझतिर अस्थायी प्रहरी पोष्ट जुगेडाबाट  खटिएको प्रहरी टोलीले जि. कैलाली धनगढी उमनपा-९ बाग्राकटान स्थित ऐ.८ बस्ने बर्ष ४२ को भक्त रानाले झोलामा भारतबाट भन्सार छलि गरि ल्याउदै गरेको  पेन्ट्रो प्राजोला २० पत्ता लगायत अन्य ७ किसिमको अ.मुल्य रु.१,४८,३३८ (भारु) बराबरको औषधी सहित मानिस पक्राउ गरेको हो ।       कञ्चनपुर:-यसैगरि मिति २०७९/१०/२३ गते साँझतिर ईलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कृषणपुर न.पा.२ पबित्रा बस्ती स्थित जि.कैलाली गोदावरी न.पा.३ मालाखेती बस्ने बर्ष अ.२९ को शुरेस टमट्टाले चलाएको सु.प.प्र.०१०११० प १२८७ न.को मो.सा.द्वारा भन्सार छली गरी ल्याउदै गरेको चिनी,कालो प्लाष्टिक,बिडी लगायतको अन्दाजी रु. ९३,४००/- (तिरानब्बे हजार चार सय) बराबरको अबैध भन्सार छलीका सामानहरु बरामद गरी मानिस सहित पक्राउ गरेको हो । उल्लेखित सामानहरु सहित मानिसलाई कारबाहीको लागी प्रहरीले सम्बन्धित निकायमा पठाएको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-१०-२३

कैलाली-मिति २०७९।१०।२३ गतेको दिउसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले  धनगढी उ.म.न.पा.२ बस्ने बर्ष ३८ की गिता थापालाई चेक अनादर मुद्धामा सम्मानित कैलाली जिल्ला अदालत कैलालीको मिति ०७८।०१।०७ गतेका फैसलाले रु.५०० जरीवाना तोकीएकोले फैसला मितिबाटै फरार रहेकोमा निजलाई ऐ.ठाँउ बाट पक्राउ गरेको हो ।     कञ्चनपुर- यसैगरि २०७९।१०।२३ गतेको दिउसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुबाट खटिई गएको प्रहरी टोलीले  जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.३ तिलकपुर बस्ने चोरी मुद्दामा फरार प्रतिवादी सुरेश कार्कीलाई मिति ०७८।०९।२१ गते सम्मानित कञ्चनपुर जिल्ला अदालतको फैसला अनुसार २ महिना कैद र रू.२,०००।- जरिवाना भएकोले निज सोही मितिबाट भागी फरार रहेकोमा निजलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  निजहरुलाई आवश्यक कारबाहीको लागी सम्मानित जिल्ला अदालतमा प्रहरीले पेश गरेको छ ।

लागु औषध सहित मानिस पक्राउ
२०७९-१०-२२

कैलाली- मिति २०७९।१०।२१ गते कैलालीको बिभिन्न स्थानहरुबाट लागु औषध  ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलाली,ईलाका प्रहरी कार्यालय भजनी,प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले ध.उ.म.न.पा.२ त्रिनगर ब्यारेलबाट धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष २३ को सन्तोष रानालाई शंका लागि चेकजाच गर्दा निजको साथबाट १ ग्राम ४३० मिलिग्राम ब्राउनसुगर, ऐ. ९ बस्ने बङग्राकटान  स्थित धनगढी उ.म.न.पा.१० बस्ने बर्ष ५० को राम नारायण रानाको साथबाट ४५० मिलिग्राम ब्राउनसुगर,ऐ.२ राम जानकी टोलबाट जि.डोटी आदर्श गा.पा.२ घर भई हाल ध.उ.म.न.पा.२ रामजानकी टोलमा डेरा गरी बस्ने बर्ष १९ की आयुसा उपाध्याय र ऐ.३ मिलन चोक बस्ने बर्ष १५ की करिस्मा छेदालको साथबाट ६९० मिलि ग्राम (पलाष्टिक सहित) ला.औ.ब्राउन सुगर फेला पारेको,भजनी न.पा.३ कुसुमघाट स्थित टिकापुर न.पा.८ बटमपुर बस्ने बर्ष २५ को आकाश चौधरीले चलाएको से.५ प २०८९ नं.को मो.सा.चेकजाँच गर्ने क्रममा सोही मो.सा.पछाडी सवार ऐ.७ दिव्यपुर बस्ने बर्ष २९ कि सिवास्नी चौधरीको साथबाट ३०.५७ ग्राम ला.औ.खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी प्रहरी टोलीले पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अबैंध भन्सार छलिका सामान बरामद
२०७९-१०-२२

कैलाली- जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. २ र ३ सिमानाका स्थित बिभिन्न स्थानहरुबाट शनिबार प्रहरीले अन्दाजी रु ६५,०००।– बराबरको अबैंध भन्सार छलीका सामानहरु बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलाली,प्रहरी चौकी त्रिनगर र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिई गएको प्रहरी टोलीले चिनी,सुर्ति,गुट्का,प्लाष्टिक,कपडा,तरकारी लगायत सामानहरु खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छलि गरी ल्याएको बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । उक्त सामानहरु आवश्यक कारबाहीको लागी कैलाली भन्सार कार्यालयमा पठाईएको छ । कञ्चनपुर- यसैगरि शनिबार दिउसो ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर,भिनदत्त न.पा.१० भुजेला पुल स्थित भन्सार छलि गरी भारतबाट नेपाल ल्याएको अ.रु.३१,२४०।- बराबरको चिनी,दाल,खुर्सानी,गुड, पास्ता,बिष्कुट,मिश्री, मुखफली र तानसेन सुर्ती वेवारिसे अवस्थामा फेला पारी बरामद गरी कारबाहीको लागी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।

लागु औषध सहित मानिस पक्राउ
२०७९-१०-२१

लागु औषध नियन्त्रण बिशेष अभियान अन्तरगत मिति २०७९।१०।२० गतेको बेलुकी प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ७ मनेहरा  स्थित ऐ.ऐ.१२ बस्ने बर्ष २८ को तुला राम खत्रीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ के.जि.६३२ ग्राम लागु औषध चरेस र जिल्ला कैलाली गोदावरी नपा २ बसपार्क पहाड लाईनमा छब्बिस पाथिभारा बझाङ होटलबाट शुक्रबार दिउसो जिल्ला बझाङ् छब्बिस पाथिभारा गा.पा. ६ बस्ने बर्ष २९ को सत्य नारायण फुलाराको साथबाट १ किलो ५ ग्राम लागु औषध चरेश सहित बरामद गरी पक्राउ हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।कञ्चनपुर,यसैगरि मिति २०७९।१०।२० गतेको बेलुकी खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर,बेलौरी नपा ६ बैशाखा स्थित नेपाल भारत सिमा ईलाकामा भारतबाट नेपाल आउदै गरेको से.६ प. ६६१४ नं. को मो.सा.मा सवार जिल्ला कैलाली घोडाघोडी न.पा. १० तुल्सीपुर बस्ने वर्ष २० को जिवन शाह र ऐ.ऐ ११ भलवा बस्ने  वर्ष १९ को मिन ब. रावललाई शँका लागी चेक गर्दा निज जिवन शाहले घाँटीमा बेरेर लगाएको कपडा भित्र लुकाई छिपाई राखेको ब्राउन सुगर जस्तो देखिने कालो प्लाष्टिक भित्र शुद्ध तौल गर्दा १३.७८० ग्राम  लागु औषध (खैरो हेरोईन) सहित पक्राउ गरेको हो । मो.सा. र निज दुवै जना समेतलाई उल्लेखित लागु औषध सहित आवश्यक कारबाहीको ईलाका प्रहरी कार्यालय बेलौरीमा ल्याई थप अनुसन्धान भईरहेको छ । 

भन्सार छली ल्याईएका सामान बरामद
२०७९-१०-१९

मिति २०७९/१०/१९ गते बिहान ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिई गएको प्रहरी टोलीले टीकापुर न.पा.४ अस्नेहरीस्थित सडक खण्डमा भारतबाट भन्सार छली गरि ल्याउदै गरेको ४.५ बोरा अं.मुल्य ३०,०००। बराबरको बदाम,तिनवटा साईकल र ४ जना मानिस सहित नियन्त्रणमा लिएको ।     यसैगरि,मिति २०७९।१०।१९ गते बिहान प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर,पुनर्वास न.पा.११ डोकेबजार स्थित भन्सार छली गरि ल्याई लुकाई छिपाई बेवारिसे अवस्थामा रहेका बिडि,सुपरपावर सुर्ति,फेयर लब्लि लगायत सामानहरु अन्दाजी मुल्य रु.३,९६२/- बराबरको फेला पारीनियन्त्रणमा लिएको । आवश्यक कारबाहीको लागी भन्सार कार्यालय पठाएको ।

लागु औषध सहित मानिस पक्राउ
२०७९-१०-१९

कञ्चनपुर, लागु औषध नियन्त्रण बिशेष अभियानको क्रममा मिति २०७९।१०।१८ गतेको बेलुकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले  जिल्ला कञ्चनपुर,भिमदत्त न.पा. ४ सव्जीमण्डी स्थित करन साउदको घर कोठाबाट ला.औ. (चरेश) को कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा  ऐ. बस्ने बर्ष ४२ को लोक बहादुर साउद ,ऐ. २ बस्ने बर्ष २४ को डम्मर शाहलाई निलो प्लाष्टिकमा शुद्ध तौल गर्दा  १.६६४ कि.ग्रा र ऐ. १८ बस्ने बर्ष ३० की रेखा बडुको घरबाट १६७ ग्राम लागु औषध (चरेश) जस्तो देखिने पदार्थ फेला पारी  मानिस सहित पक्राउ गरेको । सोही घटनामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएको छ ।

अबैध भन्सार छलीका सामान पक्राउ
२०७९-१०-१८

कैलाली:- मिति २०८०।०२।१७ गतेको साँझतिर जि  कैलाली धनगढी उप-महानगरपालिका २ रुबस चोक नजिक भारतबाट भन्सार छलि गरी ल्याएका साडी ८२६ पिस अ.मुल्य ४,१३,०००( चार लाख तेह्र हजार ) बराबरको सामान बेवारिसे अवस्थामा फेला पारी अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।       यसैगरि,प्रहरी चौकी जनकपुर कैलालीबाट खटिई गएको प्रहरी टोलीले बुधवार दिउसो जि.कैलाली भजनी न.पा.३जसबहादुर घाट स्थित १८२ जोर चप्पल जम्मा मुल्य अ.३५,०००/- (पैतिस हजार)बराबरको भन्सार छलीका सामानहरु बेवारिसे अवस्थामा फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर:-सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र  ई.प्र.का.बेलौरी कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलिले बुधवार भारतबाट ल्याएका अबैध माछा  २५KG र UP26K8912 नं को भारतिय मोटरसाईकल गरी जम्मा रु ३६,०००।-बरावरको बेवारीसे मोटरसाईकल र माछा बरामद गरी ईलाका प्रहरी कार्यालय बेलौरीमा ल्याई अबैध माछा स्थानिय प्रतिनिधी,संचारकर्मी समेतको सांक्षी रोहबरमा नष्ट गरेको ।

लागुऔषध सहित मानिस पक्राउ
२०७९-१०-१७

मिति २०७९।१०।१७ गते वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर कैलालीवाट संयुक्त खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालीका वडा नं. २ र ३ मा पर्ने सिमानाका स्थित शंका लागि चेकजाँच गर्दा जि.कैलाली गौरीगंगा न.पा.२ बस्ने बर्ष ३३ को हिक्मत साउद समेतका १२ जना मानिसहरुको साथवाट खैरोहोरिईन ६ ग्राम ४३० मिलीग्राम, गाँजा १० ग्राम, स्पासमो प्रोक्सिमन १९ क्याप्सुल, नाईट्राभेट १ ट्याव्लेट, कोरोक्स १ सिसि, स्पास २३ क्याप्सुल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीवाट थप अनुसन्धान भई रहेको छ । कञ्चनपुर:- यसै गरि मंगलवार दिउसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीवाट खटिईगएको संयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर बेलौरी नगरपालीका वडा नं.  ६ हात्तिबोझ स्थित बेलौरी बजार देखि हात्तिबोझ तर्फ जादै गरेको से.७  प १४३९ न. को मो.सा. चालक बेलौरी न.पा.६ बिध्यानगर बस्ने बर्ष अं.२१ को आकाश बोहरालाई शंकालागी चेकजाँच गर्दा निजको साथवाट ०.१५ मि.ग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने पदार्थ फेला पारी बरामद गरी मो.सा.र निज समेतलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलौरीमा राखी थप अनुसन्धान भईरहेको ।  

फरार प्रतिवादी पक्राउ
२०७९-१०-१७

मिति २०७९।१०।१७ गते दिउसो अस्थायी प्रहरी पोष्ट बसपार्क धनगढीवाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैली ध.उ.म.न.पा.४ मल्ल आयल नजिक बाट ऐ.२ बस्ने बर्ष अ.४०/४२ को सुमित सिंह भन्ने सुमित प्रताव सिंह बिबिध मुद्दामा सम्मानित कैलाली जिल्ला अदालतको मिति २०६३ सालको फैसला अनुसार रु १०००००।- (एक लाख) जरिवना तोकिई फरार रहेकोले निजाई प्रहरी टोलीले नियन्त्रणमा लिएको । बाजुरा ;- यसै गरि मंगलवार दिउसो जिल्ला प्रहरी कार्यालय वाजुरावाट खटिई गएको प्रहरी टोलीले जिल्ला वाजुरा बडिमालिका न.पा. ७ जिल्ली बस्ने बर्ष अं.२५ को नरदेव जैशी चोरी मुद्दामा मिति ०७७।०४।२२ गते बाट फरार रही सम्मानित जिल्ला अदालत बाजुरा बाट एक महिना बाह्र दिन कैद सजाय तोकिएको फरार प्रतिवादीलाई प्रहरी टोलीले नयन्त्रणमा लिएको हो 

फरार प्रतिवादी पक्राउ
२०७९-१०-१७

फैसला कार्यान्वयन गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट बसपार्क धनगढी कैलालीबाट खटिइ गएको प्रहरी टोलीले  जिल्ला कैलाली,धनगढी उ.म.न.पा.४ बस्ने बर्ष ४५ को राज कुमार चौधरीलेऐ.३ बस्ने दिल ब. थापामगरलाई मिति ०६४/१०/०२ गते राती कर्तव्य गरी मारी फरार रहेकोले निजराज कुमार चौधरीलाई निजकै घरबाट पक्राउ गरेको हो साथै सोही प्रहरी टोलीलेसम्मानित कैलाली जिल्ला अदालतको मिति २०६४/०५/०६ गतेको फैसलाले रु.२,०००।- जरिवाना तोकिएको सवारी ज्यान मुद्धाको फरार प्रतिवादी धनगढी उ.म.न.पा.४ बस्ने बर्ष ५० को जगत राम चौधरीलाई समेत पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     यसैगरिमिति २०७९/१०/१७ गतेको दिउसोअ.११:३० बजेको समयमा जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.१२ बस्ने बर्ष अ.२० को अभद्र ब्यबहार मुद्दाको फरार प्रतिवादी कमल सिंह रानालाई ईलाका प्रहरी कार्यालय झलारीबाट खटिई गएको प्रहरी टोलीले निज प्रतिवादीलाई पक्राउ गरेको हो । निजलाई आवश्यक कारबाहीको लागी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा उपस्थित गराएको छ ।

बन्चरो प्रहार गरि आमाको हत्या आरोपमा १ जना पक्राउ
२०७९-१०-१७

मिति २०७९।१०।१६  गतेको राती अन्दाजी २३:४५ बजेको समयमा जिल्ला कैलाली लम्कीचुहा न.पा ६ बगमारा बस्ने बिषराम थारुको छोरा बर्ष ४० को श्रीराम थारुले आफनै आमा बर्ष ७१ की लगनी थरुनीलाइ बन्चरो प्रहार गरी घाइते बनाइ घाइतेलाइ उपचारको लागी नवजिवन अस्पताल धनगढी लगेकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर निजको जेठो छोरा रामलाल थारुले ईलाका प्रहरी कार्यालय लम्की कैलालीमा जानकारी गराउना साथ मातहत प्रहरी कार्यालय समेतबाट प्रहरी टोली खटिई निज श्रीराम थारुलाई ऐ.स्थित घर देखि अ.१००/१५० मिटर टाढा देउराली सामुदायिक वनमा फेला पारी नियन्त्रण लिएको । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

अवैध सामान बरामद
२०७९-१०-१६

     कैलालीको छुट्टाछुट्टै स्थानहरुबाट अवैधरुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा मिति २०७९।१०।१६ गते जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १० जुगेडाबाट  प्रहरी टोलीले  ऐ.ऐ. १० बस्ने बर्ष  ४४ को जय भारती रानालाई हार्डबेयरको मालसमान (अ.मुल्य रु ४२,०००/- बराबरको ) ल्याउदै गरेको अवस्थामा फेलापारी मानिस, साईकल र समान सहित नियन्त्रणमा लिएको । यसैगरि मिति २०७९।१०।१६ गते बेलुकी धनगढी उप-महानगरपालिका १४  खुटियाघाट स्थित चिनी,सोडा लगायतका अन्दाजी रु.६,०००।– हजार बराबरको सर-सामान बेवारीसे अवास्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।                              यसैगरि मिति २०७९।१०।१६ गते बेलुका जि.कञ्चनपुर भिमदत्त न.पा.१० भुजेला पुल स्थित ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली गरि ल्याई वेवारिसे अवस्थामा फेला पारेका चिनि, पिठो र साडी अ.मुल्य रु.९६,०००|- बराबरको समान बरामद गरेको हो । आवश्यक कारवाहीको लागी मानिस,सामान सहित सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।

महाकली नदीमा पानीको बहाव बढ्न गई ट्याक्टर सहित मानिसको उद्धार
२०७९-१०-१६

आज मिति २०७९।१०।१६ गते बिहान ११:१५ बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ११ भुजेला स्थित रहेको महाकाली नदीबाट बालुवा गिट्टी ल्याउदै गरेका ८ वटा ट्याक्टरहरु बनबासा ब्यारेजको ढोका खोल्दा महाकाली नदीमा पानीको बहाव अचानक बढ्न गई बिच नदीमा पुर्ण रुपमा डुबान हुन गएको र उक्त ट्याक्टरमा रहेका चालक ८ जना सहित २० जना मजदुरहरू ट्याक्टरको माथि रहेका भनि जानकारी प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट प्र.ना.नि.को कमाण्डमा प्रहरी टोली खटिई गई भारतको बनबासा ब्यारेज पुलसंग समन्वय गरी पुलका ढोका बन्द गर्न लगाई ऐ. १२:१५ बजेको समयमा उक्त ट्याक्टरहरु, चालक सहित २० जना मजदुरहरूको जे.सि.बि.द्धारा उद्धार गरिएको, अन्य मानविय क्षेती केही नभएको ।

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०७९-१०-१५

 जिल्ला कञ्चनपुर,पुनर्वास न.पा.११ चौकीडाँडा स्थित बिशाल चौधरीको पुरानो छोडेको कुखुरा खोरमा जुवातास खेलिरहेका छन भन्ने बिशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्र.चौ.परासन कञ्चनपुरबाट खटिई गएको संयुक्त प्रहरी टोलीले जुवा तास खेलिरहेको अवस्थामा जि.कैलाली गौरीगंगा न.पा.११ शिवपुर बस्ने बर्ष अं.४८ को नर बहादुर धामी समेतका ६ जनालाई आईतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जुवाखालमा रहेका नगद रू ७१,२२५।–, एक गड्डी तास,३ वटा चटाई र १ कम्बल समेत फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित ५ जना पक्राउ
२०७९-१०-१५

कञ्चनपुर र बैतडीका दुई  छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र चरेस सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मझगाँउ कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा भिमदत्त न.पा.१६ मझगाउँ स्थित ऐ.१८ बस्ने बर्ष ४० को हेमन्त नायकले चलाएको UK03B0958 नं.को मो.सा.चेकजाँच गर्दा निजको साथबाट ०.०७ ग्राम चरेश,सोही मो.सा.पछाडी सवार ऐ.सालघारी बस्ने बर्ष २० को देव कामीको साथबाट १.२८ ग्राम ला.औ.खैरो हिरोईन,सोही मो.सा.पछाडी सवार ऐ.१० बस्ने बर्ष २१ को ललित पहरीको साथबाट ०.४१ ग्राम चरेश र ०.०४ ग्राम खैरो हिरोईन फेला परेको तथा सोही मो.सा.पछाडी सवार भारत बनबासा बस्ने बर्ष २५ को नासिर खाँन समेत ४ जनालाई उक्त ला.औ.,मो.सा.सहित आईतबार पक्राउ गरेको हो ।     यसैगरि बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिई गएको प्र.नि.को टोलीले जिल्ला बैतडी दोगडाकेदार गा.पा.७ खोचलेक बजार स्थित ऐ.बस्ने बर्ष अ.५० को बिर सिंह कार्कीले संचालन गर्दै आएको दोगडाकेदार भुमिराज किराना पसल खान तलासी गर्दा १०० ग्राम परिमाणमा ला.औ.चरेस फेला पारी रित पुर्बक बरामद गरी ला.औ. चरेस सहित निजलाई आईतबार पक्राउ गरेको हो ।  लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी पक्राउ
२०७९-१०-१५

फैसला कार्यान्वयन गर्ने क्रममा ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले कैलाली जिल्ला अदालतको मिति २०७६/१०/१६ गतेको फैसला अनुसार वन मुद्धामा रु.४८,२३४।- (अठचालिस हजार दुई सय चौतिस) जरिवाना तोकिई हालसम्म फरार अवस्थामा रहेका जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं.१ एकतानगर शिविर बस्ने बर्ष ३९ को पहल सिंह टमट्टालाई मिति २०७९/१०/१४ गते दिउसो टीकापुर नगरपालिका वडा नं.१ स्थित सडक खण्डमा हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।     यसैगरि फैसला कार्यान्वयन गर्ने क्रममा ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले २०७९/१०/१५ गते दिउसो टीकापुर न.पा.१ स्थित ऐ.बस्ने बर्ष ४२ की  पुष्पा तुलाचन करकाप मुद्धामा रू ५०/- र निजको छोरा बर्ष २५ को राजेश तुलाचन लाई रू.२५०/- कैलाली जिल्ला अदालतको मिति ०७३/११/०९ गते फैसला अनुसार करकाप मुद्धामा जरिवाना तोकिई हालसम्म फरार अवस्थामा दुबै जनालाई ऐ.घर नजिकै सडक खण्डमा हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।      यसैगरि अस्थायी प्रहरी पोष्ट बसपार्क धनगढीबाट खटिइ गएको प्रहरी टोलीले  मिति २०७९/१०/१५ गतेको बेलुकी अन्दाजी १६:०० बजेको समयमा धनगढी उ.म.न.पा.४ बसपार्कबाट बैँकिङ कसुर मुद्धाकी फरार प्रतिबादी ऐ.५ बस्ने बर्ष २८ की मोनिका पाण्डेयलाई पक्राउ गरेको हो ।      यसैगरि मिति २०७९।१०।१५ गतेको बेलुकीतिर ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया खटीएको प्रहरी टोलीले ज.ज.क.मुद्दाको फरार प्रतिवादी जि.कैलाली साबिक दोदोधरा गा.वि.स.४ हाल बर्दगोरिया गा.पा.५ रामपुर बस्ने बर्ष ५२ को सिता राम चौधरी मिति ०७४।०२।०७ गते सम्मानित कैलाली जिल्ला अदालतको फैसला अनुसार  कैद ४ बर्ष ११ महिना २६ दिन  बाँकी रहेको फरार प्रतिवादीलाई आफ्नै स्थाई वतनमा  लुकिछिपी बसि रहेको अवस्थामा गोप्य सुचनाको आधारमा पक्राउ गरेको । निजहरुलाई आवश्यक कारबाहीको लागी सम्मानित अदालतमा उपस्थित गराएको ।

फरार प्रतिबादी पक्राउ
२०७९-१०-१४

मिति २०७९।१०।१४ गतेको बिहान अन्दाजी ०९:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट र प्र.चौ. सुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर बेदकोट न.पा. ९ सुन्दरपुर बस्ने दान बहादुर भाटलाई मिति २०६४।०२।२४ गतेको अन्दाजी राती १/२ बजेको समयमा प्रतिबादी महेश भाट समेत ४ जनाले कुटपिट गरी शक्त घाईते बनाई औषधी उपचारको क्रममा निज दान बहादुर भाटको मृत्यु भएको भन्ने कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिबादीहरू ऐ. ९ सुन्दरपुर बस्ने बर्ष ३६ को महेश भाट, ऐ. बस्ने बर्ष ४६ को भोज बहादुर बिष्ट र  ऐ. बस्ने बर्ष ४० को शेखर भाटलाई निजकै घरबाट पक्राउ गरी तिनै जनालाई हिरासतमा राखेको भन्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट जानकारी प्राप्त भएको ।

लागु औषध ब्राउन सुगर फेला
२०७९-१०-१०

कैलाली १० गते २०:०० बजे, धनगढी उ.म.न.पा.९ तारताल स्थित अ.प्र.पोष्ट जुगेडाबाट प्र.ना.नि. को कमाण्डमा र स.प्र.बलको  BOP बाङग्रा कटानबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त गस्ती टोलीले शंकास्पद रुपमा हिडिरहेका ऐ.धनगढी उ.म.न.पा.१० बस्ने वर्ष २५ को गौरब श्रेष्ठ सहित ५ जनालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ४२० मिलिग्राम ला.औ.ब्राउन सुगर फेला पारि ला.औ.सहित निज ५ जनालाई नियन्त्रणमा लिई जि.प्र.का.कैलालीमा राखि अनुसन्धान कार्य भई रहेको । निम्नः- १.जि.कैलाली ध.उ.म.न.पा.१० बस्ने राम श्रेष्ठको छोरा बर्ष २५ को गौरब श्रेष्ठ । २.ऐ.ऐ. १३ बस्ने राम दिन चौधरीको छोरा बर्ष १९ को खुसीराम चौधरी । ३. कैलारी गा.पा. ७ बस्ने बर्ष २४ को मधुकर चौधरी। ४.गौरीगंगा न.पा. ९ बस्ने बर्ष २१ की अनुपा चौधरी । ५. जि.झापा पारदशी गा.पा. ५ बस्ने बर्ष २१ की पुजा लिम्बु ।

अबैध भन्सार छली सामान सम्बन्धी
२०७९-१०-०९

मिति ०७९।१०।०९ गते अ.२१:२० बजे कैलारी गा.पा.४ केगाउँ बस्ने बर्ष ५६ को यम बहादुर सुनारको घरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्र.ह.झंकर सिंह भण्डारीको कमाण्डमा खटिएको टोली र ई.प्र.का.हसुलिया कैलालीबाट प्र.ब.ना.नि.राम सिंह बोहराको कमाण्डमा  खटिएको ४ जनाको सयुक्त टोलीले चेकजाँच गर्ने क्रममा घरमा लुकाई छिपाई राखेको पलास्टिक बोरा,डोरी,चकलेट,मिठाई र अन्य खुद्रासामान (किराना सामान) गरी रु १,०८,०००/- (एकलाख आठहजार) बराबरको सामान, र निज यम ब. सुनार समेतलाई नियन्त्रणमा लिएको ।  बरामद मालसामानहरु आवश्यक कार्बाहीको लागी कैलाली भन्सार कार्यालय धनगढी पठाएको ।

लागु औषध सहित मानिस पक्राउ
२०७९-१०-०९

मिति २०७९।१०।०९ गते अं. २०:१० बजे ईप्रका त्रिभुबनबस्ती कञ्चनपुरबाट प्र.नि.नरेश राज मल्लको कमाण्डमा खटिएको ७ जनाको गस्ति टोलीले पुनर्वास न.पा.१ ढक्का स्थित पेट्रोल पम्प नजिकै बेलौरी-धनगढि भित्रि  हुलाकी सडक खण्डमा चेकजाँच गर्ने क्रममा बेलौरीबाट धनगढि तर्फ आउदै गरेको ऐ.बेलौरी नगरपालीका ३ खिरिया बस्ने राम नाथ रानाको छोरा बर्ष अं. २८ को राम अवतार राना सु.प.प्र.०१ ०१० प ३३५० नं.को  मो.सा.चलाई आउदै गर्दा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजबाट खैरो हिरोईन जस्तो देखिने लागुऔषध प्लाष्टिक सहित ५.०३ ग्राम ( पाँच दशमलव शुन्य तिन) र प्लाष्टिक रहित तौल गर्दा ४.५८ ग्राम ( चार दशमलव पाच आठ ग्राम) फेला पारी र निजको साथमा रहेको मोबाईल थान-१, उक्त ला.औ.मो.सा.र निज ब्यक्तिलाई पक्राउ गरि आवश्यक प्रकृया पुरा गरि हिरासत कक्षमा राखिएको, र थप आवश्यक अनुसन्धान कार्य  जारी रहेको । 

अधिक लोड >>
कम देखाउनुहोस् <<